दया र मिरुनाको प्रेम र र नोकझोकमा ‘जारी’ गीत


उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘जारी’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘चरी बस्यो’ बोलको गीतमा कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको छ। रोमान्टिक थिममा सार्वजनिक गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र मिरुना मगरबीचको प्रेम र नोकझोंकलाई देखाईएको छ।

बैशाख १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको ट्रेलरले दर्शक बाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। लिम्बु संस्कृती र यस भित्र रहेको जारी प्रथालाई प्रमुख कथा बनाएर निर्माण गरिएको चलचित्र रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

सुरेश नियोङ लिम्बुको कन्सेप्ट रहेको चलचित्रलाई रामबाबु गुरुङ्गले निर्देशन गरेका छन्। बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य चलचित्र निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्