बैशाख १ दयाहाङ राईलाई चुनौतीपूर्ण, ‘जारी’ र ‘बिहे पास’ रिलिजको प्रेसर


नेपालका सर्वाधिक व्यस्त अभिनेतामा पर्ने गर्छन् , दयाहाङ राई। हरेक उमेर समूहका दर्शक माझ लोकप्रिय रहेका दयाको चलचित्र रिलिज र सुटिङ्गको व्यस्तता गज्जबकै रहेको छ। २०७९ को केहि समय सुटिङ्ग बाट बिश्राम लिएर पनि दयाका लागी २०८० सर्वाधिक व्यस्त बर्षमा अर्को बन्ने पक्का देखिएको छ। चलचित्र रिलिज देखि सुटिङ्गसम्मको उनको तालिका हेर्दा त्यस्तै लाग्छ। अझ एकै मितिमा दुई चलचित्र रिलिजको तयारीमा रहेका छन्। उनी ‘नांगो गाउँ ‘ को सुटिङ्गमा व्यस्त रहेका छन्। बैशाख १ गते उनका दुई चलचित्र रिलिजको तयारीमा रहेका छन्। ‘जारी’ र ‘बिहे पास’ दुई चलचित्र बैशाख १ गते रिलिज हुदैछन्।

फरक कथावस्तुमा निर्माण भएका दुवै चलचित्रका ट्रेलर दर्शकले रुचाएका छन्। ‘बिहे पास’ को प्रमोशनका लागी केहि अन्तर्वार्तामा दया सहभागी समेत भैसकेका छन्। अभिनेत्री प्रकृति श्रेष्ठ अष्ट्रेलियाबाट आएपछि उनी पुन प्रमोशनमा जोडिने तालिका रहेको छ। यता मिरुना मगरसंग ‘जारी ‘ को प्रमोशनमा पनि उनि हिड्नु छदैछ।

उनलाई नांगो गाउँको सुटिङ्ग पनि चाडो सक्नुपर्ने छ। यो लगतै उनी ‘रेड पाण्डा’ को सुटिङ्गमा व्यस्त हुनेछन्। त्यो लगत्तै उनको बेलायत जाने सेड्युल रहेको चर्चा छ। ‘२ नम्बरी’ को सिक्वेल मा काम गर्ने पक्का भैसकेको छ भने कबड्डीको नयाँ शृंखलाको निर्माण हुने पक्का रहेको छ। यसरी हेर्दा दयाको व्यस्तता २०८० मा राम्रै हुने देखिन्छ।


दयाको लागी सबैभन्दा चुनौती बैशाख १ लाई नै रहेको छ । बर्षको पहिलो दिन नै उनको दुई चलचित्र रिलिज भएर सुरुवात हुँदैछ। कसको प्रमोशनमा कति समय दिने र कसरी दर्शकलाई दुई चलचित्र हेर्न हलसम्म आमन्त्रण गर्ने अर्को चुनौती उनलाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्