घनश्याम लामिछानेको ‘चित्रा’ मा अर्पण थापा


मध्यम वर्गीय बाबु र छोरीको कथामा निर्माण हुने चलचित्र ‘चित्रा’ को औपचारिक घोषणा गरिएको छ। रामनवमीको अवसर पारेर चलचित्र घोषणा गरिएको हो । घनश्याम लामिछानेको निर्देशनमा तयार हुने चलचित्रमा अर्पण थापा मुख्य भूमिकामा अनुबन्धित भएका छन्। अर्पणको साथमा निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ।

पारिवारिक कथामा निर्माण हुने चलचित्र आगामी भदौबाट छायाकनमा जानेछ। निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको चलचित्र ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा भावना पन्तको लगानी रहनेछ। अजय अधिकारीको कथा रहेको चलचित्रमा मनिष गौतमको पटकथा तथा संवाद रहनेछ ।

प्रतिक्रिया दिनुहोस्