इमोशनल हुदै प्रियंका भन्छिन्, ‘सवै दुख छोरीकै लागी गरिरहेकी छु।’ ( भिडियोसहित)


अभिनेत्री प्रियंका कार्की सधै चर्चामा रहने नाम हो। नेपाली चलचित्र क्षेत्रमा आफ्नो करियर सुरुवात देखि अहिलेसम्म गुमनाम नबनेको नाम हो, प्रियंका। आफ्नै बोलिका कारण ट्रोलको शिकार बन्ने प्रियंका सवै कुरालाई कामले जित्ने गर्छिन्। करियरको शिखरमा रहंदा विवाह गरेकी प्रियंका कोभिडको समयमा चलेको लकडाउनमा पनि सर्वाधिक चर्चामा रहेको नाम थियो। पहिलो सन्तानको रुपमा छोरी आयंका कार्की जोशीलाई जन्म दिएपछि प्रियंकाको करियर कसरी अगाडी बढ्ला भन्ने चासो धेरैले लिएका थिए। सन्तान प्राप्तीसंगै बढेको शरीरको वजन र त्यसलाई उनले कसरी घटाएर कमव्याक गर्लिन् भन्ने धेरैले सोचेका थिए। तर यतिबेला प्रियंकाले आफ्नो व्यस्ततालाई झनै बढेकी छिन्। उनी दिनहु सुटिङ्गमा व्यस्त रहेकी छिन्। चलचित्रमा पनि उनको उपस्थिति कुनै न कुनै रुपमा देखिरहेको छ। मुन्द्रेको कमेडी क्लबको अध्यक्ष, मेरो डान्स युनिभर्स र रोडीजको जजको रुपमा उनी काम गरिरहेकी छिन्। म्युजिक भिडियोमा पनि उनको व्यस्तता उस्तै रहेको छ।

हामीले प्रियंकालाई एक आमाको यति धेरै व्यस्तता र सन्तानको प्रेम बारेमा केहि प्रश्न गरेका थियौ । छोरी संगै पहिलोपटक अन्तर्वार्तामा प्रस्तुत हुँदा प्रियंकाको मिश्रित इमोशन रहेको थियो। उनी छोरीको कुरा गर्दा दंग पर्थिन् भने समय व्यवस्थापन र जिम्मेवारीको कुराले भावुक। काम गर्ने आमाको रुपमा धेरै चुनौती रहेको छ। आफ्नो छोरीसंगै बस्ने र साथ हुने रहर कुन आमालाई नहोला र। तर आफ्नो कामलाई पनि अगाडी बढाउनु छ , परिवार पनि त चलाउनु छ, प्रियंका भन्छिन्। परिवारको साथ पाएको कारण पनि आफुलाई काम गर्न सजिलो भएको अनुभव उनलाई रहेको छ।

छोरीको मिठो हाँसोले कामको सारा थकान भुल्ने गरेको उनको अनुभूति छ। यति धेरै कामको लोड किन भन्ने प्रश्नमा प्रियंका यो आफ्नो स्वभाव भएको बताउछिन्। मलाई कामसंग प्रेम छ र यसैमा रमाउन मन लाग्छ। परिवार र कामको समय अलिक व्यालेन्स गर्न सके सहज रुपमा अगाडी बढ्न सकिन्छ। केहि इमोशनल हुदै प्रियंका भन्छिन् आखिर यो सवै काम मेरै छोरीको सुन्दर भविष्य होस् भनेर पनि त गरिरहेकी छु।

प्रतिक्रिया दिनुहोस्