मोसफलमा ‘जारी’ को बुकिङ्ग आक्रामक, विर्तामोडमा सवै शो हाउसफुल


बैशाख १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जारी’ ले आक्रामक ओपनिङ्ग गर्ने भएको छ। चलचित्रको शुक्रबारको बुकिङ्ग आक्रमक देखिएको छ। देशकको ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ६६ बढी शोज दिएको छ।

विर्तामोडमा प्राप्त १० ओटा शोजमा १० ओटै हाउसफुल रहेका छन्। शनिवारका अधिकांश शोज पनि हाउसफुल बनेका छन्। त्यतै बुटवल र नारायणगढमा पनि चलचित्रको बुकिङ्ग आक्रामक देखिएको छ। विराटनगरमा पनि चलचित्रको बुकिङ्ग उत्साहजनक हुदै गएको छ।

ललितपुरको लाबिम मलमा पनि चलचित्रको बुकिङ्ग आक्रामक छ। रिलिजको ३ दिन अगाडी देखि नै देखिएको बुकिङ्गको यस्तो उत्साहले चलचित्रको इनिशियल व्यापार आक्रामक हुने पक्का छ। कलाकार दया हाङ्ग राई र मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्रलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन्। जारी प्रथामा आधारित रहेर निर्माण भएको चलचित्रको ट्रेलर सार्वजनिक भए देखि नै दर्शकका लागि प्रतिक्षित बनिरहेको छ। नयाँ बर्षको पहिलो दिन नै नेपाली चलचित्रले उत्साहजनक सुरुवात गर्ने पक्का देखिएको छ। चलचित्रलाई रामबाबु गुरुङ्गले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्