दुई चलचित्रको चेपुवामा ‘बुलाकी’, स्टार र ब्रान्डको चपेटामा परेको निर्माताको गुनासो


बैशाख १ गते तीनवटा चलचित्र रिलिज हुने तयारीमा रहेका छन्। चलचित्रका प्रचार सार्वजनिक भए देखि नै तीन वटै चलचित्रलाई दर्शकले उत्साहजनक रुपमा हेरेका छन्। तर एकसाथ चलचित्र रिलिज हुँदा शो वितरण र इनिशियल व्यापारमा फरक प्रभाव पर्ने पक्का देखिन्छ। चलचित्र जारीले मल्टीप्लेक्समा उच्च शोज पाएको छ। ‘बिहे पास’ दोश्रो नम्बरमा रहंदा चलचित्र ‘बुलाकी’ भने चेपुवामा परेको छ। चलचित्र जारी र बुलाकी उस्तै कथामा निर्माण भएका चलचित्र हुन्। फरक संस्कृतिमा रहेका एकै कथामा निर्माण भएका दुई चलचित्रमा जारीको क्रेज राम्रो देखिएको छ। बुकिङ्गको मामिलामा पनि जारी उत्साहजनक देखिएको छ।

चलचित्र चेपुवामा परेपछि निर्माता विराज विष्टले सामाजिक संजाल मार्फत गुनासो पोखेका छन्। उनले स्टार, ब्रान्ड र अस्वस्थ राजनीतिको चपेटामा चलचित्र परेको उल्लेख गरेका छन्।

बिष्ट लेख्छन् ,’ स्टार , ब्रान्ड र अस्वस्थ राजनितीको चपेटामा बुलाकी, नया बर्षको दिन बैशाख १ गते तीन चलचित्र छन । सबै चलचित्रमा निर्माताको लगानी सम्पुर्ण टिमको मेहनत जोडीएको हुन्छ । सबैलाई चलचित्र दर्सक सामु पुर्याउनु छ । कृपया नजन्मेको शिशुको भुर्ण हत्या नगरिदिनुस । पहिला २ शो दिने अनि केहिबेर मा १ शो घटाइ दिने चलचित्र हेर्न बाकी नै छ यति हतार नगरिदिनुस । शो घटाउने बढाउने दर्शकको हातमा छोडीदिनुस ।।। सबै चलचित्रलाई बराबर शो दिनुस दर्शकले माया नगरे हटाइ दिनुस हाम्रो गुनासो छैन ।।।’

प्रतिक्रिया दिनुहोस्