‘जारी’ : शुक्रबारको व्यापार आक्रामक, शनिबार पनि उत्साहजनक बुकिङ्ग


बैशाख १ गतेबाट रिलिज भएको चलचित्र ‘जारी’ ले आक्रामक सुरुवात गरेको छ। देशै भारीका अधिकांश शोमा हाउसफुल व्यापार गरेको चलचित्रको शनिबारको व्यापार झन् बढी हुने स्पस्ट रहेको छ। चलचित्रले २ दिनमा करिव ४ करोड बराबरको ग्रस ओपनिङ्ग गर्ने प्रक्षेपण गरिएको छ। प्रिमियरमा उत्कृष्ट समिक्षा र शुक्रबारको वर्ड अफ माउथ उच्च भएको कारण चलचित्रको यात्रा लामो समय चल्ने आंकलन गरिएको छ।

उपेन्द्र सुब्बाको कथा र निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर र विजय वराल मुख्य भूमिकामा रहेका छन्। शुक्रबार चलचित्रका कलाकार टोलिले कमलपोखरी स्थित विग मुभिजमा दर्शक प्रतिक्रिया लिएको छ। दयाहाङ राईको जन्मदिनको अवसर पारेर निर्माण टिमले दर्शकसंग केक समेत काटेको छ। रामबाबु गुरुङ्ग चलचित्रको निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्