‘एक्स ९’ निर्माण अन्यौलमा, मुकुन्दले घोषणा गरे अर्को चलचित्र


‘एक्स ९’ निर्माणको घोषणा गरेका मुकुन्द भट्टले नयाँ चलचित्रको निर्माण तयारी गरेका छन्। एक्स ९ सुटिङ्ग तय नहुँदा सोहि चलचित्रका लागी घोषित कलाकारको समुह लिएर चलचित्र ‘चोर पुलिसः टम एन्ड जेरी’ को घोषणा मुकुन्दले गरेका छन्। कमेडी जनरामा निर्माण हुने चलचित्र म्याक मिडिया एन्ड सर्भिसेस प्रालिको ब्यानरमा बन्नेछ। चलचित्रमा सौगात मल्ल, अर्पण थापा, शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सुपर गुरुङ, प्रमिला उप्रेति, इन्द्रप्रसाद खरेल मुख्य भूमिकामा रहनेछन्। चलचित्रमा नायिकाको खोजी भैरहेको निर्माण टीमले जानकारी गराएको छ। मुकुन्द भट्ट, नरेश नाथ योगी र सुमन सुनारको लेख्न रहेको चलचित्रलाई सुदिप चन्द्र बख्रेलले निर्माण गर्नेछन्। अमेरिका, क्यानडा, अष्ट्रेलिया र नेपालमा छायांकन गर्ने तयारी निर्माण टिमको रहेको छ ।

बक्स अफिसमा खासै कमाल गर्न नसके पनि मुकुन्दका चलचित्रको हल्लीखल्ली भने ठुलै हुने गर्दछ। उनले ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ निर्देशन गरिसकेका छन् । स्टारकास्ट दरिलो बनाउने उनको खुवी हो। तर चलचित्र भने बक्स अफिसमा सोचेजस्तो सफल भएका छैनन्। एक्स ९ को चर्चा पनि ठुलो रहेको थियो। तर त्यो चलचित्र अझै बन्न सकेको छैन। अनमोल केसी बाहिरीपछि प्रदिप खड्का एक्स ९ मा रहने चर्चा रहेको थियो। तर यो चलचित्र बन्ने टुंगो नहुदै अर्को चलचित्र मुकुन्दले घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्