A vertical shot of the black cat in the dark darkness

क्युट सोनाम तोप्देनले ‘चिसो बर्ष’ का लागी बदलेको आफ्नो लुक्स


गायनमा आफुलाई प्रमाणित गरिसकेका सोनाम तोप्देनले पहिलो चलचित्र ‘सम्हालिन्छ कहिले मन’ बाट अभिनयमा पनि सम्भावना देखाए। चलचित्र कमर्सियल र समीक्षात्मक हिसाबले कमजोर सावित भए पनि सोनामले सम्भावना देखाए। सो चलचित्र पछि अडिसन दिएर नै चलचित्र ‘चिसो बर्ष’ मा उनि छनोट भए।

मीनबहादुर भामको निर्देशनमा तयार हुने चलचित्रमा उनको लुक्स सार्वजनिक भएको छ। क्युट मुहार र क्लिन सेभमा चिटिक्क परेर हिड्ने सोनामको परिवर्तित लुक्स सार्वजनिक तस्विरमा देख्न सकिन्छ । लामो कपाल र जुँगा दारीमा उनको फरक लुक्स देखिएको छ। डोल्पामा खिचिएको चलचित्रलाई लिएर सोनाम उत्साहित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्