‘जारी’ ले पार गर्यो ५१ दिन, कमाई १७ करोड बारबार


बैशाख १ गतेबाट रिलिज भएको चलचित्र ‘जारी’ ले प्रदर्शनको ५१औं दिने यात्रा पार गरेको छ। चलचित्रले २९ वटा ( उपत्यकाबाहिर ११ र उपत्यकाभित्र १८ ) हलमा शनिबार प्रदर्शनको ५१ दिनको यात्रा पार गरेको हो। चलचित्रले ५१ दिनमा १६ करोड ७५ लाख ग्रस कमाई गरेको चलचित्र बिकास बोर्डको तथ्यांकले देखाउछ।

कतिपय हलमा बक्स अफिस सिस्टम नजोडिएको कारण चलचित्रको यकिन कमाई भने यो भन्दा बढी रहेको छ। १७ करोड भन्दा बढीको ग्रस चलचित्रले कमाई गरेको छ। ५१ दिन पार गरेको उपलक्ष्यमा निर्माण कम्पनी बाँसुरी फिल्म्सले सम्पूर्णलाई धन्यवाद दिएको छ। नेपाल संगै चलचित्रले विदेशमा पनि उच्च कमाई गरेको छ।


जापान, हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया जस्ता देशमा चलचित्रको कमाई आक्रामक रह्यो। चलचित्र हलमा अहिलेपनी चलचित्रको अकुपेन्सी सन्तोषजनक नै रहेको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले लिम्बू समुदायमा प्रचलित रहेको जारी प्रथाको कथालाई उठान गरेको छ। दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको चलचित्रमा अभिनय रहेको छ। रामबाबु गुरुङ्ग चलचित्रका निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्