‘ह्यासट्याग माया’ मार्फत ४ बर्ष पछी सुटिङ्ग सेटमा नम्रता


नम्रता श्रेष्ठ अभिनयमा अब्बल अभिनेत्रीको रुपमा परिचित रहेकी छिन्। फरक चरित्र र पर्दामा अब्बल रुपमा प्रस्तुत हुनु नम्रताको खुबी हो। उनै नम्रता चलचित्रको पर्दामा नदेखिएको ४ बर्ष बित्यो। उनको पछिल्लो रिलिज चलचित्र ‘जाइरा’ रहेको थियो। बक्स अफिसमा चलचित्रले कमाल गर्न साकेको थिएन । चलचित्र ‘प्रसाद २’ मा उनि मुख्य भूमिकामा अनुबन्धित भए पनि पछी उनले चलचित्र छाडिन् ।


नम्रता ४ बर्षपछि चलचित्रको सुटिङ्ग सेटमा पुगेकी छिन्। शुक्रबारबाट चलचित्र ‘ह्यासट्याग माया’ को सुटिङ्ग नम्रताले बर्दियाबाट सुरु गरेकी छिन्। योग प्रशिक्षकको भूमिकामा नम्रता चलचित्रमा देखिदैछिन् । थ्रिलर जनरामा निर्माण हुने चलचित्रको सेड्युल ४५ दिनको राखिएको छ। चलचित्रमा नम्रताको साथमा सारुक ताम्राकार, रोयादिप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह लगायतका कलाकारको अभिनय रहेको छ। राजिव गुरुङ्गको निर्देशन रहेको चलचित्रमा अनुप पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्