शिल्पाको बोल्ड सिनले भरिएको ‘परस्त्री’ ट्रेलर


यौन, धोका र अपराधको कथालाई केन्द्रमा राख्दै चलचित्र ‘परस्त्री’ को ट्रेलर सार्वजनिक भएको छ। निर्देशक दिपेन्द्र के खनालले चलचित्र ‘चपली हाईट’ मार्फत यौन मनोविज्ञानको कथा प्रस्तुत गरेका थिए। यसको सफलता पछि यस्तै चलचित्रको निर्माण केहि समय भए पनि अहिले यस्तो शैलीका चलचित्रको निर्माण शुन्य बराबर जस्तै छ। दिपेन्द्रको लेखनमा तयार भएको चलचित्र ‘परस्त्री’ को ट्रेलरले यहि शैलीको झल्को दिएको छ।

सुरज पाण्डेको डेव्यु निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा अभिनेत्री शिल्पा मास्केले बोल्ड सिन दिएकी छिन्। ट्रेलरमा शिल्पालाई कोशिस क्षेत्रीको श्रीमतीको रुपमा प्रस्तुत गरिएको छ । शंका र विवादले सम्बन्धमा ल्याउने प्रभाव र विवाहपछिको बाहय सम्बन्ध अनि यसको वरिपरि चलचित्रको कथा घुमेको छ। अर्का नायक गौरव बिष्टसंगको निकटता र आउने परिस्थितिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । शर्मिला पाण्डेले निर्माण गरेको चलचित्र नेपाली र हिन्दि भाषामा असार १५ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्