‘परस्त्री’ ले पायो सेन्सर प्रमाणपत्र, अन्तरंग दृश्य परिमार्जन गरियो


असार १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परस्त्री’ अन्तत: सेन्सर पास भएको छ। चलचित्रमा बढी चुम्बनको दृश्य, बेडसिन र हिंसात्मक सिन भएको भन्दै सेन्सर बोर्डले सिन काटेर आउन भन्दै प्रदर्शन अनुमति पत्र दिएको थिएन। ६ वटा दृश्य परिमार्जन पश्चात चलचित्रले सेन्सर अनुमती प्राप्त गरेको छ।

सिन काटेपछि चलचित्रको लम्बाई २ घण्टा भएको छ। सुरज पाण्डेले निर्देशन गरेको चलचित्रले पीजी प्रमाणपत्र प्राप्त गरेको छ। अव यो चलचित्रलाई हेर्न १६ वर्ष मुनिका दर्शकलाइ अभिभावकको आवश्यकता पर्नेछ। चलचित्रको बोल्ड पोष्टर र टिजर / ट्रेलर सार्वजनिक भएका थिए। डीएस डिजिटलको व्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा दिपेन्द्र के खनालको कथा रहेको छ। चलचित्रमा शिल्पा मास्के, कोशिश क्षेत्री र गौरव बिष्ट मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्