A vertical shot of the black cat in the dark darkness

साईबर ब्युरोमा आंचल शर्मा, चरित्र हत्या भएको भन्दै कारबाहीको माग


अभिनेत्री आंचल शर्मा केहि दिन देखि सामाजिक संजालमा चर्चाको टपिक बनिरहेकी छिन्। उनका अभिव्यक्ति र उनलाई लिएर अनेकन बहबाजी भैरहेका छन् ।

उनै आंचलले आफ्नो चरित्र हत्या हुने प्रकारका पोष्ट सामजिक संजालमा भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी छिन्। उनले शनिबार बेलुका साइबर ब्युरो पुगेर दुई फेसबुक अकाउन्ट विरुद्द उजुरी दिएकी हुन्।

‘आफ्नो अनुमतिबिना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कारबाही गरी पाऊँ’, आंचलले दिएको निवेदनमा लेखिएको छ। आंचलले दिएको निवेदनमा भिडियो, अडियो, तस्बिर, अक्षर स्क्रिन सट प्रमाणको रुपमा पेस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्