‘जारी’: दार्जिलिङमा ५१ दिन मनाउदा नेपालमा १०० दिनको तयारी


कुनै पनि चलचित्रको प्रदर्शनको ५१ र १०० दिन बिशेष मानक मानिन्छ। कुनै समय नेपाली चलचित्र प्रदर्शनमा यी दिनहरु सामान्य थिए । डिजिटल युगको प्रवेश संगै यी मानक कम हुदै गईरहेका छन् । एकाध चलचित्रले ५१ दिन मनाए पनि २०७५ सालपछी कुनै नेपाली चलचित्रले १०० दिन पार गर्न सकेका छैनन् । बैशाख १ गतेबाट रिलिज भएको चलचित्र ‘जारी’ ले क्यूएफएक्स चेनमा साउन ६ गते प्रदर्शनको १०० दिन मनाउदैछ ।


नेपालमा प्रदर्शनको १०० दिन मनाउदा चलचित्रले दार्जिलिङमा प्रदर्शनको ५१ दिन मनाएको छ। स्थानीय आइनक्स मल्टिप्लेक्स हलमा चलचित्रले प्रदर्शनको ५१ दिन पार गरेको हो । सम्भवतः पहिलोपटक कुनै नेपाली चलचित्रले भारतमा ५१ दिन सेलिव्रेसन गरेको हो । चलचित्रले नेपालमा बक्स अफिसमा १७ करोड माथिको ग्रस गरेको चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको आंकडामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्