A vertical shot of the black cat in the dark darkness

प्रचारमा व्यस्त ‘जय हो ‘टिम, कलेजका विद्यार्थी भेट्दै सलोन र केकी


भदौ ८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जय हो’ को प्रचारप्रसारमा निर्माण टिम जुटेको छ। टिजर र गीत रिलिज पछि सकारात्मक प्रतिक्रिया बटुलिरहेको चलचित्रलाई लिएर निर्माण टिम उत्साहित देखिएको छ। चलचित्रको मुख्य भूमिकामा रहेका अभिनेता सलोन बस्नेत अष्ट्रेलिया जाने भएका कारण पनि निर्माण टिमले प्रचारलाई तीव्रता दिईरहेका छन्। रिलिजको केहि समय अगाडी मात्र नेपाल आइपुग्ने भएका कारण पनि सलोन र टिमले प्रचारमा तीव्रता दिएको हो।

यहि बिचमा चलचित्रको टिमले एपेक्स कलेजका विद्यार्थीसंग भेटघाट गरेको छ। प्रस्तुतकर्ता शोभित बस्नेत, नायिका केकी अधिकारी, सलोन बस्नेत लगायतको चलचित्रको टिम कलेजको आयोजनामा प्रज्ञा प्रतिष्ठानमा भएको भव्य कार्यक्रममा सहभागी हुन् पुगेका थिए। चलचित्रको टिमले आफ्नो चलचित्रको बारेमा जानकारी दिनको साथै चलचित्रको गीत र संवादले विद्यार्थीलाई मनोरन्जन दिएका थिए।

शोभित बस्नेतकको प्रस्तुतीमा निर्माण भएकको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । चलचित्रमा सलोन र केकीका अलवा अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन्।

प्रतिक्रिया दिनुहोस्