व्यस्त मिरुना: दया र विपिन पछि अर्पणसंग चलचित्रमा अनुबन्धित


अभिनेत्री मिरुना मगर अहिले करियरको सबैभन्दा सुखद समयमा रहेकी छिन्। लगातार फ्लप चलचित्रको यात्रालाई पूर्णबिराम लगाउदै उनले दुई सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन् । अभिनयमा राम्रो प्रशंसा बटुले पनि कमर्सियल हिटको उनको पर्खाई चलचित्र ‘कबड्डी ४’ ले पुरा गरेको थियो।

‘जारी’ ब्लकबस्टर बनेपछि मिरुनाको करियर र डिमाण्ड दुवै उच्च स्थानमा रहेको छ। दयाहाङ्ग राईसंग उनले ‘नाङ्गो गाउ’ चलचित्रको सुटिङ्ग सम्पन्न गरेकी छिन् भने अभिनेता विपिन कार्कीसंग चलचित्र ‘ऊनको स्विटर’ मा काम गर्ने पक्का भैसकेको छ। उनलाई लिएर चलचित्र निर्माण गर्न निर्माता अहिले लालायित बनिरहेका छन् । यहि बीचमा उनी अर्को एक चलचित्रमा अनुबन्धित भएकी छिन्।


अर्पण थापा मुख्य भूमिकामा रहने चलचित्र ‘रङ्गेली ग्याङस्टर’ मा अभिनेत्रीको रुपमा मिरुना अनुबन्धित भएकी हुन्। अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा रहने चलचित्र भदौ २० गतेबाट सुटिङ्गमा जानेछ। पूर्वी मोरङको रङ्गेलीमा खिच्ने चलचित्रको बाँकि कलाकार अडिसन मार्फत छनोट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्