सहकारीमा पैसा डूवेपछि अनसनमा बसुन्धरा र चैत्यदेवी, साथ दिन पुगे सविन (भिडियोसहित)


सिभिल बचत तथा ऋण सहकारी संस्थामा बर्षौ देखि आफ्नो पैसा डूबेपछि अभिनेत्रीहरु बसुन्धरा भुषाल र चैत्यदेवी रिले अनसनमा उत्रिएका छन्। सहकारी पिडितहरु लामो समय देखि अनसनमा बसिरहेको अवस्थामा दूई अभिनेत्रीले पनि सहभागी जनाएका हुन्।

झन्डै ३ बर्षबाट यी अभिनेत्री हरु सिभिल सहकारीमा डुवेको आफ्नो र आफुजस्तै पिडितको पैसा उठाउन दौडधुप गरिरहेका छन् । एमाले पुर्व सभासद इच्छाराज तामाङ्गको उक्त सहकारीले २०० बढी पिडितको २ करोड ६० लाख माथीको बचत फिर्ता गर्नु पर्ने रहेको छ।

बसुन्धरा भुषाल र चैत्यदेवीको अनसनमा साथ दिन अभिनेता सविन श्रेष्ठ पनि पुगेका छन्। चलचित्र कलाकार संघका महासचिव श्रेष्ठले जुनसुकै परिस्थितिमा पनि उहाहरुको साथ दिने बताएका छन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्