माल्दिभ्समा बोल्ड अदिति बुढाथोकी


अभिनेत्री अदिति बुढाथोकी नेपालमा भन्दा भारतमा चर्चित र सफल बन्दै गएकी छिन्। दुई नेपाली चलचित्र ‘कृ’ र ‘बाबरी’ मा अभिनय गरेकी अदितिले खासै राम्रो सफलता र चर्चा बटुल्न सकेकीछैन। तर भारतमा उनले दर्जन बढी भारतीय र पन्जाबी म्युजिक भिडियो र एक वेब सिरिजमा अभिनय गरिसकेकी छिन्।

केहि ब्रान्डका विज्ञापनमा पनि अदितिको उपस्थिति रहेको छ। वेभ सिरिज विश्वकै प्रतिष्ठित ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुनेछ।

अदितिलाई नेपाली दर्शकले सिम्पल क्यारेक्टरमा देखिरहेका छन् । तर उनका सामाजिक संजालका पोष्ट भने निकै बोल्ड देखिदै आएका छन्। माल्दिभ्स बिदा मनाउन पुगेकी अदितिले पोष्ट गरेका तस्विर बोल्ड र आकर्षक देखिएका छन्। जे होस् सामजिक संजालमा तरंग ल्याउन अदितिलाइ कसले पो सक्छ र ।

प्रतिक्रिया दिनुहोस्