A vertical shot of the black cat in the dark darkness

सलोन र केकीको ‘जय हो’ ट्रेलर


भदौ ८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जय हो’ को ट्रेलर सार्वजनिक भएको छ। टेक पौरखी राईको निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा, माओत्से गुरुङ्ग, निशा अधिकारी मुख्य भूमिकामा रहेका छन्।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा शोभित बस्नेत प्रस्तुकर्ताको रुपमा रहेका छन्। प्रेम सम्बन्धमा आउने उतारचढाव समावेश ट्रेलर कमर्सियल देखिएको छ।

राज के अधिकारी र सुरज सरकार चलचित्रको निर्माताको रुपमा रहेका छन्। सौरभ लामाले खिचेको चलचित्रलाई बनिश शाहले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्