‘पशुपति प्रसाद २ः भष्मे डन’ को फर्स्ट लुक पोष्टर कस्तो छ ?


दशैमा रिलिज तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ को फस्टलुक सार्वजनिक भएको छ। कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको चलचित्र भदौ १ गते पोष्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टर निकै आकर्षक देखिएको छ। पशुपति प्रसादमा सर्वाधिक रुचाईएको पात्र भष्मे डनको कथालाई केन्द्रमा राखेर चलचित्र निर्माण भएको हो।

सार्वजनिक २ पोष्टरमध्ये एक पोष्टरमा चलचित्रको मुख्य नायक देखिएका नायक विपिन कार्कीलाई प्रस्तुत गरिएको छ । अर्को पोष्टरमा विपिनको साथमा नायक सौगात मल्ल, नायिका स्वस्तिमा खड्का, माओत्से गुरुङ, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगर, प्रकाश दाहाल, विभू पौडेल लगायतलाई स्थान दिइएको छ ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको छ।

प्रतिक्रिया दिनुहोस्