A vertical shot of the black cat in the dark darkness

छाडेर जाने कुरा नगर्न श्रीमानसंग अन्जुको अनुरोध


गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘अब छाडेर जाने कुरा नगर’ सार्वजनिक भएको छ। अमेरिकमा रहेकी अन्जुले भ्यालेन्टाइन डेको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेकी हुन् । गोबिन्द हुमागाईले लेखेको गीतमा कर्मा ग्याल्चेन बोम्जोनले संगीत भरेका छन् ।

श्रीमान थिर कोइरालासंग अन्जुले भिडियोमा अभिनय गरेकी छिन् । लक्ष्मण दियालीले निर्देशन गरेको भिडियोमा मुना क्षेत्रीको कोरियोग्राफी, नरेन्द्र लोहनीको छायांकन र लक्ष्मण दियालीको सम्पादन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्