सारुकको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै शनिबार प्रदर्शन हुने


अभिनेता सारुक ताम्राकारको मृत्युको निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गर्दै सामाजिक संजालमा बहस छेडिएको लामो समय भयो। ‘जस्टिस फर सारुक’ नारासहित सामाजिक संजालमा बहस भैरहेको छ। सोहि नारासहित ज्ञानेश्वरमा प्रदर्शन हुने भएको छ । मृत्युको कारण सार्वजनिक हुनुपर्ने, घटना पारदर्शी हुनुपर्ने, सारुकले न्याय पाउनुपर्ने र न्यायका लागि एक हुनुपर्ने भन्दै सामाजिक संजाल प्रयोगकर्ताले आवाज उठाईरहेका छन्। पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ लगायतले सामाजिक संजाल मार्फत आवाज उठाईरहेका छन्।


सारुककी आमा रुक्मिणीले फेसबुक मार्फत छोराको मृत्युको निष्पक्ष छानबिन हुनुपर्ने र यथार्थ बाहिर आउनुपर्ने बताएकी थिइन् । सारुकको निधनको करिव डेढ महिना पछि उनका पिता सानु ताम्राकारको निधन भएको थियो। सारुकको मृत्युको यथार्थ सार्वजनिक गर्नुपर्ने माग राख्दै चलचित्र कलाकार संघले पनि प्रहरीसामु निवेदन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्