A vertical shot of the black cat in the dark darkness

‘भ्वाइस अफ नेपाल’ को कोचमा राजु र प्रविशा नरहने, थपिए नयाँ दुई कोच


चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को नयाँ सिजन सुरुवातको तयारीमा रहेको छ। ब्लाइण्ड अडिसनको सम्पूर्ण सुटिङ्ग सम्पन्न भएको जानकारी प्राप्त भएको छ। लक्ष्मण पौडेलको निर्देशनमा तयार हुने यो शोलाइ सुशील नेपालले संचालन गर्दै आएका छन्। चर्चित रियालिटी शोको जजमा योपटक पनि हेरफेर भएको छ।

अघिल्लो सिजन प्रमोद खरेल, राजेशपायल राई, राजु लामा र प्रविशा अधिकारी कोचको रुपमा रहेका थिए। यो पटक दुई कोचको हेरफेर भएको छ। प्रमोद र राजेश कोचको रुपमा दोहोरिएका छन्। नयाँ कोचको रुपमा उदय सोताङ्ग र मिलन नेवारको प्रवेश भएको छ। प्रविशा अमेरिकामा रहेकी छिन्।

सोहि कारण यो पटक उनको स्थानमा मिलन आएकी हुन्। मिलनले भ्वाइस किड्सको कोचको रुपमा काम गरिसकेकी छिन् । त्यस्तै बरिष्ठ सर्जक उदय सोताङ्ग कोचको रुपमा पहिलोपटक यो टिमसंग जोडिएका छन्। प्रमोद खरेल पहिलो सिजन बाट कोचको रुपमा रहेका छन् भने राजेश चौथो सिजनबाट जोडिएका हुन्।

प्रतिक्रिया दिनुहोस्