पल र दिपिकाको ‘मायावी’ मार्फत कमब्याक गर्दै करिश्मा श्रेष्ठ


अभिनेत्री करिश्मा श्रेष्ठले ५ बर्षपछि नेपाली चलचित्रमा कमव्याक गर्ने भएकी छिन्। २०१४ मा ‘एउटा साथी’ मार्फत डेव्यु गरेकी करिश्मा अभिनित पछिल्लो चलचित्र ‘बाबु कान्छा’ २०१८ मा रिलिज भएको थियो। तीन चलचित्रमा अभिनय गरेकी केसीका चलचित्र व्यवसायिक रुपमा सफल हुन सकेका छैनन्।

उनै करिश्माले ‘मायावी’ चलचित्र मार्फत कमव्याक गर्ने पक्का भएको छ। दिवाकर भट्टराईको निर्देशनमा तयार हुने चलचित्रमा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समीम खानको अभिनय रहनेछ ।

दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रमा निर्देशक भट्टराई र राज कटुवालको संयुक्त निर्माण रहने छ। २ गतेबाट पोखरामा सुटिङ्ग सुरुवात हुने चलचित्रमा निर्देशक भट्टराईको लेखन रहेको छ। क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण चलचित्र निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस्