स्टारले भरिएको ‘दिमाग खराब’ नयाँ गीत


निश्चल बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘दिमाग खराब’ को नयाँ गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गीत सार्वजनिक गरिएको हो। बाबुल गिरिको शब्द र संगीतमा तयार भएको ‘झम्के झमा झम’ बोलको गीतमा सुमित खड्का र नम्रता काफ्लेको स्वर रहेको छ। आकर्षक सेटमा खिचिएको गीतको अडियो व्यवसायिक बनेको छ। यसले सामजिक संजालमा चाडै हाइप लिने पक्का रहेको छ।

गीतको भिडियोमा निर्देशक निश्चल बस्नेतको साथमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल लगायतको नृत्य रहेको छ। अभिएन्त्रि सुपुष्पा भट्ट गीतको भिडियोमा देखिएकी छिन्।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा रौनक विक्रम कंडेल निर्माताको रुपमा रहेका छन् भने सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र कार्तिक २४ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्