भष्मे डनको भावुक यात्रामा यस्तो बन्यो पशुपति प्रसाद २ को ट्रेलर


दशैको फूलपातीबाट रिलिज तयारीमा रहेको चलचित्र पशुपति प्रसाद २ : भस्मे डन को ट्रेलर सार्वजनिक गरिएको छ। सोमाबर एक कार्यक्रमको आयोजना गरेर विपिन कार्की स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

कमेडी र इमोशन मिसिएको ट्रेलर आकर्षक बनेको छ। खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन्।

टुकी आर्टस्को प्रस्तुती रहेको चलचित्रमा सौगात मल्ल, स्वस्तिमा खड्का, माओत्से गुरुङ्ग, प्रकाश घिमिरे, बर्षा शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ। निजर कंडेलको छायाँकन र बनिश शाहको सम्पादन चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्