A vertical shot of the black cat in the dark darkness

‘दिमाग खराब’ को प्रोमो र गीतलाई दर्शकको साथ


दशैँ नेपाली चलचित्र क्षेत्रका लागि उर्जाशील समय बन्यो । दुई नेपाली चलचित्र सुपरहिट बने। दशैँ पछि लगत्तै अर्को ठुलो पर्व तिहार पनि नेपाली चलचित्र क्षेत्रका लागी सफल बन्ने अपेक्षा गरिएको छ। निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘दिमाग खराब’ कार्तिक २४ गतेबाट रिलिज हुदैछ। यो बर्षको अर्को प्रतिक्षित चलचित्र हो।

दयाहाङ्ग राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल, सुमन कार्की लगायतका कलाकार चलचित्रमा रहेका छन्। चलचित्रको सार्वजनिक ट्रेलर र गीतले दर्शकको ध्यान अकार्षित गरिरहेका छन् ।

चलचित्रमा समावेश ‘हितैको माया’ बोलको गीत केहि दिन अगाडी सार्वजनिक भयो । सार्वजनिक गीतले दर्शकको ध्यान तानिरहेको छ भने सामाजिक संजालमा लोकप्रिय बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्