A vertical shot of the black cat in the dark darkness

एक्सन स्टार विराजले घोषणा गरे ‘१२ गाउँ’,छोराले गर्दैछन् डेव्यु ?


एक्सन स्टार विराज भट्टले नयाँ चलचित्रको निर्माण र निर्देशन गर्ने भएका छन्। केहि बर्ष अगाडी ‘साङ्लो’ चलचित्र निर्देशन गरेका भट्टले अब नयाँ चलचित्र ‘१२ गाउँ’ निर्माण गर्ने भएका हुन्। पूर्ण एक्सन चलचित्रमा विराज नै मुख्य भूमिकामा रहेनछन्।

सन्तोष शेनको निर्देशनमा तयार हुने चलचित्र ‘बलिदान’ मा विराजको माग र अनुबन्धको चर्चा बीच उनले नयाँ चलचित्र घोषणा गरेका हुन्। छायांकन मिति तय नगरिएको चलचित्रका कलाकारको बारेमा जानकारी गराईएको छैन। विराज भट्ट फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा एक्सनको नयाँ स्वरुप देख्न सकिने बताइएको छ। चलचित्रमा विराजले आफ्ना जेठा छोरालाइ डेव्यु गराउने चर्चा रहेको छ।

प्रतिक्रिया दिनुहोस्