मेनुकाको बलिउड यात्रा, ‘सलार’ मार्फत पार्श्व गायनमा डेव्यु


भारतीय रियालिटी शोमा नेपाली प्रतिभाको दरिलो उपस्थिति हुदै आएको छ । आफ्नो राम्रो छाप नेपाली प्रतिभाले छाड्न सफल भैरहेका छन् । यहि क्रममा भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ मा नेपाली चेली मेनुका पौडेलले आफ्नो बलियो दावेदारी प्रस्तुत गरिरहेकी छिन् ।

उनले जज, दर्शक र बलिउडका ठुला सेलिब्रेटीको मन जितिरहेकी छिन् । यहि बिचमा उनले चलचित्र ‘सलार’ मा रहेको एक गीत गएकी छिन् ।

https://www.youtube.com/watch?v=5C3MmwbFZb4

विश्वभार चासो र चर्चामा रहेको चलचित्र मार्फत उनले बलिउडको पार्श्व गायनमा डेव्यु गरेकी हुन् । मेनुकाले गीत रेकर्ड गरेको कुराको जानकारी इन्डियन आइडल मार्फत नै गराइएको हो । उनले स्टुडियोमा गएर गीत रेकर गरेको भिडियो कार्यक्रममा बजाउदा निर्णयकहरु भावुक बनेका थिए । साउथ स्टार प्रभास मुख्य भूमिकामा रहेको चलचित्रलाई प्रशान्त निलले निर्देशन गरेका छन् ।

https://www.youtube.com/watch?v=CgV7Iq36078
प्रतिक्रिया दिनुहोस्