A vertical shot of the black cat in the dark darkness

सम्राट बस्नेतको ‘कङ्गारु’ मा केदार घिमिरे र अर्पण थापा अनुबन्धित


सम्राट बस्नेतको निर्देशनमा तयार हुने चलचित्र ‘कङ्गारु’मा केहि दिन अगाडी केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका थिए। ‘छक्का पन्जा’ टिम बाहिर बर्षको एक चलचित्र गर्ने सहमति पछि माग्ने बुढा यो चलचित्रमा अनुबन्धित भएका थिए।

उनीपछि यो चलचित्रको मुख्य भूमिकामा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन्। थापा र चलचित्रको निर्माण टिमबीच औपचारिक सम्झौता भएको छ। सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रलाई दीपक मनाङ्गेले निर्माण गर्दैछन्।

फुलमुन मोसन पिक्चर्स तथा उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टले चलचित्रमा सहकार्य गरेको छ। प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा रहेको चलचित्रमा सह–निर्मातामा रोनिश बहादुर बस्नेत छन् ।

प्रतिक्रिया दिनुहोस्