A vertical shot of the black cat in the dark darkness

हलमा ‘पर्खी बसें तिमीलाई’ ट्रेलर, डेव्यु कलाकार देखिए दंग


प्रेमकथामा आधारित चलचित्र ‘पर्खी बसें तिमीलाई’ को ट्रेलर इन्टरनेटमा सार्वजनिक गर्नु अगाडि हलमा रिलिज गरिएको छ । राजाराम बुढाथोकीद्वारा निर्मित चलचित्रको सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता बढाएको छ । अहिले हलमा विभिन्न चलचित्र हेर्न पुगेका दर्शकलाई ट्रेलर मनोरञ्जन दिएको छ । दीपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र पुस २७ मा प्रदर्शन गरिने तय भएसँगै हलबाट ट्रेलर सार्वजनिक गरिएको हो ।

हलमा बजिरहेको ट्रेलरले सकारात्मक प्रभाव पारिरहेको अभिनेत्री रक्षा बुढाथोकीले बताइन । सञ्चारमाध्यममा अन्तर्वार्ता दिने क्रममा उनले ठूलो पर्दामा देखिदाको अनुभव छुटै रहेको समेत बताइन । ‘सार्वजनिक ट्रेलरमा हासो, रोदन, एक्सन, विछोड सम्पूर्ण कुराको मिश्रण छ । दर्शकले यसबाट भरपुर मनोरञ्जन पाउनुहुनेछ’, रक्षाले भनिन् । उनले चलचित्रमा आफू लभर गर्लको भूमिकामा रहेको जानकारी दिईन् ।

निर्देशक श्रेष्ठले ‘पर्खी बसे’ मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई चलचित्रमा डेब्यु गराएका थिए । यसपटक उनेल ‘पर्खी बसें तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गराएका छन् ।
अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यक्त गरे । ‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भने । उनले आफूलाई विश्वास गरेर डेब्यु गराउने निर्माता राजारामलाई समेत धन्यवाद व्यक्त गरे ।


निर्माता राजाराम बुढाथोकीले विना सम्झौता फिल्म तयार गरिएको जानकारी दिए । उनले भने,‘यसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ । यो विशुद्ध मनोरञ्जनात्मक फिल्म बनेको छ । स–परिवार हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ ।’ रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्