A vertical shot of the black cat in the dark darkness

‘हात्तीछाप’ प्रचारमा सौगात मल्ल, मेला महोत्सव देखि पत्रकार भेटघाटसम्म


चलचित्र ‘हात्तीछाप’को प्रचारका लागि नायक सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् । चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर चलचित्रको प्रचार गरे । सौगात मल्ल नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेका छन् । यी महोत्सवमा उपस्थित भएका नायक सौगात मल्लले दर्शकलाई आफ्ना चलचित्रका हिट संवादहरु सुनाएका थिए ।

यस्तै, कलाकार कमलमणी नेपालले पनि दर्शकलाई पेट मिचिमिची हसाँएका थिए । सौगातलाई देख्दा दर्शकहरुमा उत्साह देखिएको थियो । दर्शकहरुले नायक मल्लसँग माघ २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ हेर्नका लागि आफूहरु उत्साहित भएको बताएका थिए ।

चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली भन्छन्–‘दर्शकहरुमा चलचित्रप्रति उत्साहि निकै रहेको पायौं । यसले, हामीलाई निकै खुशी बनाएको छ । हामी चलचित्रको बारेमा जानकारी दिन पश्चिमदेखि पुर्वसम्म पुग्नेछौं ।’

नायक सौगात मल्लले पनि दर्शकको उत्साहजनक साथ पाउँदा खुशी लागेको बताएका छन् । महोत्सवमा पुग्दा दर्शकले चलचित्र र आफूप्रति देखाएको मायाले झनै उत्साह थपिएको सौगातको भनाई थियो । आज चलचित्रकी नायिका उपासना सिंह ठकुरी र कलाकार बुद्दि तामाङ दाङ पुगेका छन् । उनीहरुले दाङका मिडिया र दर्शकसँग साक्षात्कार गर्नेछन् ।

चलचित्रको टिम पश्चिम नेपालको प्रचार सकेर काठमाडौं फर्किनेछ । यसपछि, केही दिनमा पूर्वी नेपालमा पुग्ने बताइएको छ ।
चलचित्र ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्