पल शाहको ‘मायाका रंगहरु’ मा सुनिल थापा र बुद्धि तामाङ्ग अनुबन्धित


केवल तामाङ्गको निर्माण र निर्देशनमा तयार हुने चलचित्र ‘मायाका रंगहरु’ मा सुनिल थापा र बुद्धि तामाङ्ग अनुबन्धित भएका छन्। पल शाह मुख्य भूमिकामा रहने इन्डो नेपाली चलचित्र चलचित्रको सुटिङ्ग फागुन अन्तिम साताबाट भारतको सिक्किममा सुरु हुनेछ ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहको चलचित्रको निर्माता आर.बी थाङदेन हुन् । चलचित्रमा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ,मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्