विल्सनको ‘लाउरे एण्ड दाउरे’ मा विजय बराल अनुबन्धित


अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकिय चलचित्र ‘लाउरे एण्ड दाउरे’ मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन् । निर्माण टिमले बुधबार उनीसँगको सम्झौता र विजयको लुक्सको तस्वीर सार्वजनिक गर्दै चलचित्रमा अनुबन्धित भएको जानकारी दिएको हो। विल्सनका अनुसार विजय यो चलचित्रमा विजय फरक भूमिकामा देखिने छन् । उनी लाहुरेको भुमिका रहने वा दाउरेको भन्ने खुलाइएको छैन् ।


चलचित्रमा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले चलचित्र बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको चलचित्रको लेखन विल्सन स्वयमले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्