दिपेन्द्रको ‘मेयर’ मा बर्षा राउत, खगेन्द्र लामिछानेसंग जोडी


बागमती नगरपालीकाका मेयर भारत थापाको जीवनीमा आधारित रहेर निर्माण हुने चलचित्र ‘मेयर’ मा अभिनेत्रीको रुपमा बर्षा राउत अनुबन्धित भएकी छिन्। दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्रमा अभिनेताको रुपमा खगेन्द्र लामिछाने अनुबन्धित भैसकेका छन्। नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थापा दोस्रो कार्यकालका लागि काम गरिरहेका छन् ।

बागमती नगरपालिकामा उनले गरेका कामको चर्चा हुदै आएको छ। सागर मैनाली र अरविसा थापाले निर्माण गर्न लागेका चलचित्रमा प्रकाश घिमिरे यस अगाडी नै फाइनल भैसकेका छन्। बायोपिक चलचित्रमा मेयरको भूमिकामा खगेन्द्र देखिनेछन्। चलचित्रमा अर्पण थापाको पनि अभिनय रहनेछ। चलचित्र फागुन १५ गतेबाट सुटिङ्ग हुनेछ।

प्रतिक्रिया दिनुहोस्