A vertical shot of the black cat in the dark darkness

दशैँमा निश्चल र स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’


निश्चल बस्नेत र स्वस्तिमा खड्काको नयाँ चलचित्र ‘बेहुली फ्रम मेघौली’ २०८१ को दशैँमा रिलिज हुने भएको छ। निश्चल र स्वस्तिमाको निर्माण रहने चलचित्र र वितरक कम्पनी डिसीएन बीच चलचित्रलाई दशैंमा रिलिज गर्ने सम्झौता भएको छ। शंकर पाण्डे र फिरोज खड्का चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्।

साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन रहने चलचित्रलाई लिएर स्वस्तिमा उत्साहित रहेकी छिन्। उनले आफु निर्मात्रीको रुपमा अगाडी प्रस्तुत हुँदा नयाँ जिम्मेवारी बोध भएको बताएकी छिन्।


स्वस्तिमा आफ्नु नयाँ यात्रालाई लिएर भन्छिन्, ‘आफू हिँडिरहेको बाटो एक्कासि फेरियो भने पैताला अल्मलिन्छन् । एउटै लय र गतिमा गुडिरहेको गाडीले एक्कासि गेयर फेर्‍यो भने शरीर तिल्मिलाउँछ । फेरिएको बाटो र गेयरले जब लय समाउँछन्, तब यात्रा रोमाञ्चक हुन्छ । त्यसले दिने अनुभूति अविस्मरणीय हुन्छ । म अहिले त्यस्तै यात्रामा छु । कलाकारबाट निर्माता बन्नुको रोमाञ्चक यात्रामा तपाईंलाई पनि हार्दिक स्वागत छ। ‘

फागुन दोश्रो साताबाट सुटिङ्गमा जाने तयारीमा रहेको चलचित्र कमेडी ड्रामा जनरामा निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस्