विद्रोही महिलाको भूमिकामा देखिदै नीति शाह


मोडल नीति शाहलाई नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्न लामो समय लाग्यो। निर्माता हात धोएर उनको पछि पर्दा उनि चलचित्रमा इछुच्क देखिइनन्। अहिले उनि चलचित्र क्षेत्रको पछि लागेकी छिन् तर चलचित्र मा डेव्यु गर्न नीतिलाई सकस पर्यो। चारवटा चलचित्र सम्झौता गरेकी नीतिले ‘खजुरे ब्रो’ मार्फत डेव्यु गरिन्। चलचित्रको सम्पूर्ण सुटिङ्ग उनले सम्पन्न गरिन्। त्यो लगतै उनि अर्को चलचित्रमा जोडिएकी छिन्। उनि सविन श्रेष्ठको नयाँ चलचित्र ‘रुखाना’ मा उनि काम गर्दैछिन्। मंगलबार चलचित्रको टीमले नीतिसंग कागजी सम्झौता गरिसकेको छ। चलचित्रमा उनि विद्रोही महिलाको भूमिकामा देखिदैछिन्।


नेपालीसहित अंग्रेजी, हिन्दी र भोजपुरी गरी चारवटा भाषामा बन्न लागेको चलचित्रमा कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्न लागेको छ। सविन श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा डा. रुपक घिमिरेको कथा छ, अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ । सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस र काइट्स इन्टरटेन्मेन्टको निर्माण रहने चलचित्रमा देशका आम नागरिकले समस्यासँग जुध्दै गर्ने संघर्षलाई देखाइने निर्देशक सविर श्रेष्ठले बताएका छन् । उनका अनुसार, महिलाले गर्ने संघर्षको कथामा चलचित्र बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्