A vertical shot of the black cat in the dark darkness

कमेडी संवादले भरिएको ‘डिग्री माइला’ ट्रेलर, दया र आंचलको प्रेम र नोकझोक


रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘डिग्री माईला’ को ट्रेलर सार्वजनिक भएको छ। कमेडी शैलीमा प्रस्तुत गरिएको ट्रेलरले दर्शकको मन जितिरहेको छ।

शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले अंग्रेजी शिक्षक नहुँदा खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन चल्ने रस्साकस्सीको कथा बोलेको छ। क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा प्रस्तुत भएका दयाहाङ र दयाले यी अपेक्षालाई उपेक्षा गरेको ट्रेलरमा देखाइएको छ।

कमेडी शैलीमा प्रस्तुत गरिएको ट्रेलरमा दया र आंचल शर्माको जोडी फ्रेस र आकर्षक देखिएको छ। वेरोजगारीको कथालाई प्रस्तुत गर्ने चलचित्र दयाहाङले निर्देशन गरेको नाटक डिग्री माइलामा आधारित रहेको छ। बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको चलचित्रमा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । अभिनेत्री ऋचा शर्मा चलचित्रमा बिशेष भूमिकामा देखिएकी छिन्। चलचित्र चैत्र ३० गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्