A vertical shot of the black cat in the dark darkness

चलचित्र निर्माण गर्दै सरोज ओली


म्युजिक भिडियो निर्माणमा सरोज ओली सफल नाम हो। उनी लगातार म्युजिक भिडियो निर्माण र सामाजिक सचेतनाका भिडियो निर्माणमा सक्रिय रहेका छन्। भर्खरै मात्र उनले बरिष्ठ कलाकार हरिवंश आचार्यसंग मिलेर दुई वटा भिडियो निर्माण गरेका छन्। बर्ष २०८१ मा दर्जन बढी कमर्सियल भिडियो निर्माण गर्ने तयारीमा रहेका छन्।


यो संगै अब ओलीले चलचित्र निर्माणमा पनि हात हाल्ने भएका छन् । बर्ष २०८२ मा चलचित्र निर्माण गर्ने घोषणा उनले गरेका छन्। २०८१ मा चलचित्रको कथा लेखन र तयारी काम हुने र २०८२ मा चलचित्र निर्माण गर्ने सरोजले जानकारी दिएका छन् । चलचित्रमा ओम अग्रवालले निर्माण सहयोग गर्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्