’मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर: अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको संघर्षपूर्ण कथा


अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको संघर्षपूर्ण कथा सहित चलचित्र ’मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक भएको छ । एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र बनेको चलचित्रकी प्रमुख अभिनेत्री तथा निर्देशक अनिता पण्डितले बताइन्। अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने विश्वास अनिताको छ ।

लेखक तथा निर्देशक अनिता पण्डितले केही दिनमा लक्षित दर्शकहरुलाई विशेष प्रदर्शनीमार्फत् चलचित्र देखाउने तयारी भइरहेकाले ट्रेलर सार्वजनिक गरिएको जनाएकी छन् । हलमा भने आगामी वर्ष रिलिज गर्ने उनको योजना छ । बच्चामा देखिएको अटिजम र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र केन्द्रित रहेको उनले स्पष्ट पारेकी छन् ।

चलचित्रमा अनिता स्वयंको मुख्य भूमिका छ भने सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की, बाल कलाकार आश्वि घिमिरे लगायतको पनि अभिनय छ । अनिल कटुवालको छायांकन, एलिस कार्कीको संगीत, विजेश पौडेलको सम्पादन र पवित्रा घिमिरेको शब्द रचना छ रहेको चलचित्रमा विशाल घिमिरे तथा अनिता पण्डित निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्