पुर्वमा ‘मनसरा’ को उत्कृष्ट सुरुवात, के ‘जारी’ जस्तै पर्ला देशभर प्रभाव?


लिम्बू संस्कृतीमा आधारित भएर कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले चलचित्र ‘जारी’ निर्माण गरे। चलचित्रले पुर्वमा एउटा मिठो छाप छोड्यो। पूर्वीय संस्कृती भएको हिसाबले पनि यसको माहोल पूर्वी भेगमा अब्बल देखिनु स्वभाविक थियो । पुर्व हुँदै जारीको हाइप नेपाल हुँदै विदेशसम्म उच्च बन्यो। शुक्रबार पूर्वमा अब्बल बनेको चलचित्र देशभरका चलचित्र घरमा उत्कृष्ट व्यापार गर्दै बर्ष २०८० को सर्वाधिक कमाई गर्ने चलचित्र बन्यो।

निर्देशक सुब्बाको दोश्रो निर्देशकीय चलचित्र ‘मनसरा’ बैशाख २१ गतेबाट रिलिज भएको छ। मनसरा एक प्रजातीको धान हो, जसलाई अन्य धानसंग मिसाएर रोप्ने गरिन्छ। यसको पराल दरिलो हुने विश्वास गरिन्छ । चलचित्रले पनि समाजका परिवेश र भिन्न संस्कृतिलाई जोडेको प्रतिक्रिया मिलिरहेको छ।

पुर्वमा चलचित्रको शुक्रबारको व्यापार अब्बल देखियो। जारीको प्रभाव यो चलचित्रको व्यापारमा पुर्वमा देखिएको पक्का छ। यसकै मौका छोप्न बुधबार ललितपुरमा प्रिमियर गरिएको चलचित्रको बिहिबार विराटनगरमा प्रिमियर गरियो। पूर्वमा आकर्षक बनेको चलचित्रको व्यापार विस्तारै काठमाण्डौ हुदै देशका सबै भागमा हुने अपेक्षा निर्माण टिमको रहेको छ। शनिबार उपत्यकाका केहि हलले त्यसको लक्षण देखाईसकेका छन्।

शैलेन्द्र ध्वज कार्कीको निर्माण रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविन खतिवडा, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्