साउन ४ मा मलिका महतको ‘सतीदेवी’ रिलिज तय


संचारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’ को रिलिज मिति तय भएको छ। मलिका महत केन्द्रिय भूमिकामा रहेको चलचित्र साउन ४ गतेबाट रिलिज हुने भएको छ। विभिन्न महोत्सवमा प्रदर्शन भएर अवार्ड जित्न सफल चलचित्रले आज रिलिज मिति तय गरेको हो।

चलचित्रको बितरण मोफसलमा एफडी कम्पनी र राजधानीमा रिच इन्टरटेन्मेन्टले गर्ने छ । यो मितिमा अन्य चलचित्रको रिलिज तय गरिएको छैन।

गोल्डेन स्टेट मेकर्स एलएलसी क्यालिफोर्नियासंगको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति तयार भएको चलचित्रमा मलिकाको साथमा हर्षिका वली, मंजिला बानिया , रमेश बुढाथोकी, कुलदिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्