A vertical shot of the black cat in the dark darkness

साइग्रेस पोख्रेलको अडियो नोभेल ‘अधुरो प्रेम’ मा चलचित्र बन्ने


कथा वाचन गरेर आफुलाई अब्बल सावित गरेको नाम हो , ‘साइग्रेस पोख्रेल’। विश्वका विभिन्न स्थानमा ‘वर्ड टुर’ गरेका पोख्रेलले नेपालका विभिन्न सहरमा आफ्नो ‘वर्ड टुर’ सम्पन्न गरेका छन्। उनले वाचन गरेका कथाहरु भनौ अडियो नोभेलहरु युट्युबमा दर्शकले लाखौ हेरेका छन्। उनको चर्चित मध्येको अडियो नोभेल ‘अधुरो प्रेम’ मा चलचित्र निर्माण हुने भएको छ। शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’ को ६०औँ शृङ्खलामा साइग्रेसले चलचित्र निर्माण हुने घोषणा गरेका हुन्।

प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने चलचित्रको कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन्। यो कम्पनीले यस अगाडी चलचित्र ‘रङ्गेली’ निर्माण गरेको थियो भने अर्जुनले निर्देशन गरेका थिए । थिम पोस्टर पनि सार्वजनिक गर्दै घोषणा गरिएको चलचित्रलाई शिशिर खातीले निर्देशन गर्नेछन् । शिशिरले यस अगाडी म्युजिक भिडियो निर्देशन र चलचित्रका गीतको कोरियोग्राफीको अनुभव सम्हालेका छन्। चलचित्रको शीर्षक पनि अडियो नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको छ। चलचित्रका कलाकार र अन्य टिमको विषयमा टुङ्गो नलागेको चलचित्रलाई २०८० मा रिलिज गर्ने निर्माण टिमको तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्