उपमेयर सुनिता डंगोलको प्रमुख आतित्यथामा फेसियल हाउसको १७ औ बार्षिकउत्सवमा कार्यक्रम
सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको ब्युटी सलुन ‘फेसियल हाउस’ ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा त्रिपुरेश्वरस्थित बगनभिल्लामा भव्यतापूर्वक वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वुमन कम्युनिटी (यूएलआईकी) की अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह र फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधान सम्पादक उज्ज्वलजंग शाहको उपस्थिति रहेको थियो ।
समारोहमा फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधान सम्पादक शाहले स्वागत मन्तव्य राखेका थिए । उपमेयर डंगोल र अन्य अतिथिहरूका साथमा फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले केक काटेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रमका अवसरमा फेसियल हाउसले गरेका क्रियाकलापको १२ मिनेट लामो वृत्तचित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि उपमेयर सुनिता डंगोलले फेसियल हाउसको १७औं वार्षिकउत्सवको शुभकामना व्यक्त गर्दै फेसियल हाउस महिलाको शसक्तिकरणको उद्धाहरण बनेको बताईन् । ‘ब्युटिले ब्यक्तिको कन्फिडेन्स बढाउने अझ उत्साह ल्याउँछ त्यतिमात्र होइन एउटा महिलाको सफलताले धेरै महिला दिदीबहिनिलाइ प्रेरणा मिलेको ,’– उनले भनिन् ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य संघका काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले वार्षिकउत्सव भव्यतापूर्वक सम्पन्न गरेकोमा फेसियल हाउसलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले भने,‘ महिलाहरुले ब्यबसायलाई नेतुत्व गरेर यहाँसम्म ल्याउनु सजिलो छैन फेसियल हाउसले त्यो चुनौती चिरेको छ,र सबैलाइ आत्म बिश्वास पनि बढाएको छ।’
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसलाई वार्षिकउत्सको उपलक्ष्यमा शुभकामना दिँदै आगामी दिनमा अझ राम्रो विकास र विस्तारमा जोड दिन आग्रह गरिन् । ‘सबैको प्रयासबाट सफलता हासिल गरिएको र यसले पुरुषहरुलाइ पनि सक्षम बनाउन र साथै रोजगार सिर्जना गर्नु ठूलो भूमिका छ,’– उनले भनिन् ।
त्यस्तै वुमन कम्युनिटी (यूएलआई) की अध्यक्ष भगवती खड्काले फेसियल हाउस १७ वर्ष पुगेको अवसरमा शुभकामना दिँदै आगामी दिनमा अझ प्रगति गरी स्वदेशमै रोजगारी दिनुपर्ने बताईन् । कार्यक्रममा बोल्दै नेपाल ब्युटी एसोसिएशनकी अध्यक्ष शशी शाहले ब्युटी क्षेत्रको आवश्यकता र महत्त्वको विषयलाई अझ महत्त्वका साथ अघि बढाउनुपर्ने बताइन् । ‘ब्युटी आफैमा एउटा स्किल हो ब्युटी आफैमा एउटा सुन्दरता हो यसलाइ नकारात्मकता होइन कि सकारात्मक नजरले हेर्नू पर्छ,’– उनले भनिन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले १७ बर्षसम्म यात्रासम्म आउनमा फेसियल टिमबाट मात्र सम्भव भएको बताईन् । ‘आगामी दिनमा अझै धेरै काम गर्न बाँकी रहेको हुँदा सबैको साथ हातेमालो हुने बिश्वास छ,’– प्रबन्ध निर्देशक एवं वरिष्ठ ब्युटीसियन महराले भनिन् । अवार्ड तथा सम्मान फेसियल हाउसको १७औं वार्षिकोत्सवमा यसका विभिन्न शाखामा कार्यरतमध्ये उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।