सौगात र बेनिशाको ‘सिटामोल’ साउनमा रिलिज हुने
सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘सिटामोल’ को प्रदर्शन मिति तय भएको छ। राज बहादुर सानेले निर्देशन गरेको चलचित्र साउन २३ गतेबाट प्रदर्शनमा आउनेछ। नयाँ बर्षको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक निर्माण टिमले रिलिज मिति तय गरेको हो।

चलचित्रको सार्वजनिक पोष्टरमा सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ। सार्वजनिक पोस्टरमा सौगात बैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन्, भने उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन् । चलचित्रमा उनीहरु श्रीमान्–श्रीमतीको भूमिका देखिएको अनुमान सार्वजनिक पोस्टरबाट गर्न सकिन्छ ।
माओवादी जनयुद्धको कथा उठान गरेको चलचित्रमा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् । चलचित्रमा सौगात र बेनिशाका साथमा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।
तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह- निर्माताको रुपमा रहेका छन् ।