कस्तो छ ‘जारी २’ को ट्रेलर?
२०८० सालमा रिलिज भएको ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल `जारी :२ सङ् अफ च्याब्रुङ´ काे ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधकको रुपमा प्रस्तुत गरिएको छ । छोरी जन्मिएपछि जारी जोडी दया र मिरुना मगरको बीचमा आउने फाटो र त्यसको वरिपरिको कथा ट्रेलरमा प्रस्तुत गरिएको छ। दया र मिरुनाका अलावा विजय बरालको वैवाहिक सेरोफेरोको कथाले दर्शकमा थप कौतुहलता थप्ने देखिन्छ।

रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेको चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ। चलचित्रमा दया, मिरुना र विजयको साथमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गर्ने अनुमान गरिएको छ।





