आशिर्वाद र सनिशालाई लिएर ‘मोहनी’ बन्ने, चितवनबाट छायांकन सुरु


गोविन्द सिंह भण्डारीको निर्देशनमा एक्सन लभ स्टोरी विधामा निर्माण हुने चलचित्र ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु भएको छ । मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा विजय ब्लोन तामाङको लगानी रहनेछ । चितवनबाट सुरु भएको छायाङ्कन मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौं लगायतका रमणीय स्थानमा ६० दिन सम्म गरिनेछ ।

‘कथाको माग अनुसार नै हामीले कलाकार छनोट गरेर चलचित्रको छायाङ्कन सुरु गरेका छौँ । दर्शकसम्म एउटा राम्रो फिल्म पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ’, निर्माता विजयले भने ।

चलचित्रमा आशिर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी, उत्पल झा लगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्रको कथा विजय ब्लोन तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ । चलचित्रमा महेश पौडेलको छायाङ्कन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन , विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्