चलचित्र ‘द ब्लू लाइट’ मा को को छन् कलाकार?
बलिराम चौहानको निर्देशनमा तयार हुने साइकोलोजिकल थ्रिलर विधामा निर्माण हुन लागेको चलचित्र ‘द ब्लू लाइट’को शुभ मुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट, क्यामरा र क्ल्याप पूजा गरेपछि नरिवल फुटाएर मुहूर्त गरिएको चलचित्रको छायांकन यही जेठ २२ गतेबाट सुरु हुने जनाइएको छ ।

आफ्नो पहिलो निर्देशनमा होमिएका चौहानले चलचित्रमा कलाकारको ‘लाइनअप’ बलियो बनाएका छन । अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायतको अभिनय चलचित्रमा रहनेछ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्रको सह-निर्मातामा रमन ग्रे छन् । नरेन्द्र मैनालीले छायांकन गर्ने चलचित्र सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए ।