सुशान्त केसीसंगको प्रेममा रमाउदै आना


नायिका आना शर्मा र गायक सुशान्त केसीको प्रेम अव लुकेको बिषय रहेन। दुवैका साथ समय बिताएका तस्विर सामाजिक संजालमा यत्रतत्र भेटिने गरिन्छ। अंग्रेजी नयाँ बर्ष मनाउन मुस्ताङ्ग पुगेर देखि दुवैको प्रेम चर्चा बाहिरिएको थियो। पोखराको बन्जी जम्पमा दुवै साथ देखिएका थिए।

सार्वजनिक रुपमा दुवैले आफ्नो प्रेम स्विकार गरेका छैनन्। तर अव दुवैको प्रेम लुकेको छैन। जेरी फेम्ड अभिनेत्री आना र गायक केसी अव प्रेम लुकाउने पक्षमा रहेका छैनन्। आनाले सुशान्तसंगको रोमान्टिक तस्विर आफ्नो सामाजिक संजालमा शेयर गरेर अव प्रेम नलुकाउने मनसाय स्पष्ट पारेकी छिन्।

प्रतिक्रिया दिनुहोस्